सिद्धार्थनगर–११ मा विवाद हुँदा एक जना घाइते

भैरहवा, ४ मंसिर । रुपन्देहीको सिद्धार्थनगर–११ मा रहेको मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन् । सिद्धार्थ नगरपालिका–११ को भुजौलि प्राविमा रहेको मतदान हुँदै गर्दा  स्थानीयबीच  विवाद सिर्जना भएको थियो । 

सत्ता गठबन्धनका पक्षधरले स्थानीय ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको स्थानीय सरबर आलमले बताए । उनका अनुसार मुकेश आलम, असाहब आलम र सुभान आलमले तबरेज आलमलाई कुटपिट गरेको हो ।

कुटपिटबाट टाउको चोट लागेका तबरेजको भैरहवास्थित मेडिकल कलेजमा उपचाररत भइरहेको छ ।

विवादको कारण मतदान केन्द्रमा खटिएको एक प्रहरी स्थानीय रहेको थिए । उनलाई नै हटाइएपछि अवस्था समान्य भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति