काठमाडौँसहित तराईका जिल्लामा आजैदेखि मतगणना : निर्वाचन आयोग

काठमाडौँ, ४ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका  लागि भएको निर्वाचनको मतगणना आजैदेखि हुने जनाएको छ ।

आइतबार बिहान ७ बजेबाट देशभर निर्वाचन भइरहेको छ । उक्त निर्वाचनको मतगणना आइतबार राति ९ बजेबाट सुुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । 

भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा उनले काठमाडौँसहित तराईका जिल्लामा आइतबारबाटै मतगणना हुने जानकारी दिएका हुन् । 

हिमालीको जिल्लाको सोमबार बिहान ५ बजेबाट मतगणना सृुरु हुने जानकारी दिएका उनले प्रत्यक्षतर्फको ८ दिनभित्र र समानुपातिक तर्फको २२ मंसिरभित्र नजिता राष्ट्रपतिलाई बुझाउने जानकारी दिए । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति