लोकतन्त्र परिपक्व बनाउन मतदान गरौँ : प्रधानमन्त्री देउवा

डडेल्धुरा, ४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनले लोकतन्त्र परिपक्व बनाउने भएकाले मतदान गर्नुपर्ने  बताएका छन् ।

मतदानका लागि अपिल गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई परिपक्व बनाउन मतदान गर्न आग्रहसमेत गरेका छन् । 

‘सामाजिक न्याय सहितको खुला अर्थतन्त्रमा सबैले फक्रिने अवसर पाउछन्,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘आज हामीले लोकतन्त्र, सम्मानित जीवन, सामाजिक न्याय र समान अवसरका लागि निर्वाचनमा सहभागि भएनौ भने आगामी पाँच वर्षमा परिवर्तन सम्भव नहुन सक्छ, त्यसैले मतदानमा सहभागि बनौँ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति