प्रधानमन्त्री पदकै कारण गठबन्धन टुट्दैन : प्रचण्ड

काठमाडौँ, ४ मंसिर । नयाँ सांसद चुन्नका लागि आज देशभर मतदान भइरहेको छ । आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म हुने छ ।

आममतदातासँगै विभिन्न दलका शीर्ष नेताहरूले पनि अहिले मतदान गरिरहेका छन् । नेकपा (माअ‍ोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा मत खसालेका छन् ।

गोरखा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका प्रचण्डले भरतपुर–१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा मतदान गरेका हुन् ।

मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीका नाममा अहिलेको सत्ता गठबन्धन नटुट्ने बताए । उनले जबसम्म संविधानमाथि र सुशासन र समृद्धिको यात्रामाथि प्रश्नचिन्ह रहन्छ, गठबन्धन जारी रहने बताए ।

उनले गठबन्धनमा प्रधानमन्त्रीको टुंगो नलागेको पनि बताए । “प्रधानमन्त्रीका उम्मेदवार धेरै छन् अहिले । नेपाली कांग्रेसमा शेरबहादुर देउवादेखि गगन थापा र अरूले पनि दाबी गरिरहेका छन् । त्यसकारण हामीले गठबन्धनभित्र प्रधानमन्त्रीको टुंगो लगाएका छैनौ । मैले सबैतिर भनेको छु, प्रधानमन्त्री समस्याको विषय हुँदैन,” उनले भने ।

२०७४ मा चितवन–३ बाट निर्वाचित प्रचण्ड यसपटक गोरखा–२ बाट उम्मेदवार भएका छन् । तर, चितवनप्रति आफ्नो सम्बन्ध कायमै रहने उनको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति