सिरहामा दुई थान बेवारिसे भरुवा बन्दुक बरामद

सिरहा, ३ मंसिर । सिरहाको मिर्चैया नगरपालिकाको जंगल क्षेत्रमा पर्ने कमल दह नजिक धुर्मी खोला किनारमा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब निरीक्षक सुवाष बुढाथोकीका अनुसार हातहतियार बोकेर केही मानिस घुमिरहेको भन्ने सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले सिरहाको मिर्चैया ९ बाट आज दिउँसो दुई थान भरुवा बन्दुक बरामद गरेको हो । 

इलाका प्रहरी कार्यलय मिर्चैयाबाट सादा पोसाकमा खटाएको प्रहरी टोलीले बन्दुक बोक्नेहरूलाई फेला पार्न नसकेको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति