बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला

बर्दिया, ३ मंसिर । बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला खटिएका छन् ।

गुलरिया नगरपालिका–८ महाकवि देवकोटा माविमा महिला मात्रै कार्यरत रहेको नमूना मतदान केन्द्रका मतदान अधिकृत रेविका अमात्यले जानकारी दिए ।

“मतदान केन्द्र र स्थलमा गरी अधिकृतसहित २४ कर्मचारी र सुरक्षाका लागि १४ महिला सुरक्षाकर्मी खटिएनु भएको छ,” उनले भनिन् ।

जिल्लामा करिब तीन हजार पाँच सय सुरक्षाकर्मी र झन्डै तीन हजार कर्मचारी खटिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको भनाइ छ ।

जिल्लामा कुल तीन लाख १५ हजार दुई सय ८४ मतदाता छन् । जिल्लामा एक सय ५४ मतदानस्थल र तीन सय ७६ मतदान केन्द्र छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति