पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, ३० कात्तिक । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुनसक्ने ठानिएको छ ।

राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । हिमाली भूभागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना छ। पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति