काठमाडौँ, २९ कात्तिक । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यनिर्वाचन–२०७९, केन्द्रीय परिचालन समितिमा दुई सदस्य थप गरेका छन् ।
देउवाले काठमाडौँका चण्डेश्वर वैद्य र सुर्खेतका केशर रोकायलाई सदस्यमा नियुक्त गरेका हुन् ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा कांग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरिएको समितिमा सोमबार दुई सदस्य थप गरिएको उल्लेख छ ।
प्रतिक्रिया