काठमाडौँ, २८ कात्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका गरेका छन् ।
सामाजीक सञ्जाल ट्वीटरमा आज भारतले लगाएको नाकाबन्दीको स्मरण गर्दै उनले गठबन्धन सरकारभन्दा ओली नेतृत्वको सरकार देश हितमा हुने दाबी समेत गरेका छन् ।
‘कसैलाई तितो लाग्ला तर, भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरुभन्दा त्यसको विरुद्ध डटेर लडने, विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरुभन्दा चुच्चे नक्सा बनाउने केपी शर्मा ओली र विदेशीको प्रेरणामा बनेको गठबन्धनभन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ,’ थापाले ट्वीटरमा लेखेका छन् ।
राप्रपा नेपालका अध्यक्ष थापा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेको चुनाव चिन्ह लिई निर्वाचनको मैदानमा उत्रेका छन् ।
प्रतिक्रिया