सुर्खेत, २८ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने दाबी गरेका छन् ।
आइतबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस पटकको निर्वाचनमा सामान्य अवस्थाले जस्तो सरकार बनाउनका लागि मात्रै निर्वाचन नभएको बताए ।
मंसिर ४ को निर्वाचनबाट देश बचाउने शक्तिलाई ल्याउन जनता सचेत हुनुपर्छ भन्दै उनले देशको सार्वभौमसत्ता जोगाउने बलियो राष्ट्रिय शक्ति बनाउन जरूरी रहेको र त्यो शक्ति एमाले भएको बताए ।
उनले सबै शक्ति मिलेर एमालेलाई सिध्याउने प्रयास गरे पनि त्यो सफल हुन नसकेको भन्दै ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा बोकेको पार्टीलाई जनताको ठुलो साथ रहेको बताए ।
प्रतिक्रिया