बझाङको पातेदेवल केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प

काठमाडौँ, २७ कात्तिक । बझाङको पातेदेवल केन्द्रबिन्दु भएर ५ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको छ । शनिबार बेलुकी ८ बजेर १२ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्रकाअनुसार भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलालीलगायत जिल्लामा महसुस गरिएको छ ।

पछिल्ला दिनमा सुदूरपश्चिमका विभिन्न जिल्लामा लगातार भूकम्प गइरहेको छ ।

यसअघि, कात्तिक २२ गते राति ९ बजेर ७ मिनेटमा ५.७ र ९ बजेर ५६ मिनेटमा ४.१ र कात्तिक २३ गते बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परेर ६ जनाले ज्यान गुमाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति