गठबन्धन सरकारले देश दुर्घटना हुनबाट बचायो : मन्त्री पौडेल

बागलुङ, २६ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशलाई दुर्घटनाबाट बचाउँन वाम–लोकतान्त्रिक गठबन्धन भएको बताएका छन् ।

ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा आयोजित घरदैलो अभियान तथा कोण सभालाई सम्बोधन गर्दै मन्त्री देवेन्द्र पौडेलले यस्तो बताएका हुन् ।

“केपी ओलीले आफ्नो स्वार्थमा संविधान मिचेर दुई तिहाइको सरकारलाई थिचोमिचो पारेर पश्चगमनको दिशा रोज्ने काम गर्नुभयो,” उनले भने, “अहिले गठबन्धनको सरकारले देश दुर्घटना हुनबाट बचाएको छ ।”

अहिले नेकपा (एमाले)का अध्यक्ष राजावादी तत्वसँग लागेर देशमा बहुदलीय व्यवस्था, जनताको बलीदानीबाट प्राप्त उपलब्धि मास्न लागेको आरोप लगाए ।

उनले बागलुङका ६ वटै सिट गठबन्धनको पक्षमा रहेको भन्दै औपचारिक नतिजाका लागि निर्वाचन मिति कुर्नुपर्ने बताए ।

मध्यपहाडी लोकमार्ग निर्माण पूरा नभएको ठाउँमा कालोपत्रका लागि पहल,केन्द्रीय विधुत् प्रसारण लाइन गाउँगाउँमा पुर्‍याउने, शिक्षा, सडक, स्वास्थ्यलगायत धेरै विकास निर्माणमध्ये केही काम भइसकेको र अबको पाँचवर्षमा मध्यपहाडी लोकमार्ग सडक कालोपत्र, सालझण्डी ढोरपाटन सडक खण्ड कालोपत्र गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बागलुङ क्षेत्र नम्बर २ प्रदेशसभा (ख) तर्फ गठबन्धनका उमेदवार दोर्णकुमार कुँवरले जनताको समस्यामा आफू पाँचवर्षमा सारथी बनेर उभिने प्रतिबद्धता व्यक्त गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति