फ्रान्सको विश्वकप टोली घोषणा, पोग्वा र कान्टे बाहिर

काठमाडौँ, २४ कात्तिक । साविक विजेता फ्रान्सले कतार फिफा विश्वकप २०२२ को लागि अन्तिम २५ सदस्यीय टोली घोषणा गरेको छ । 

प्रशिक्षक डिडिएर डेस्च्याम्पसले स्टार खेलाडी पाउल पोग्वा र एनगोलो कान्टेलाई बाहिर राख्दै टोली तयार पारेका हुन् । दुवै खेलाडी चोटका कारण मैदान बाहिर छन् । 

चोटबाट फर्किने प्रयासमा रहेका डिफेन्डर राफाएल भारानलाई भने टोलीमा समेटिएको छ । 

समूह ‘डी’ मा रहेको फ्रान्सले पहिलो खेल २२ नोभेम्बरमा अष्ट्रेलियासँग खेल्ने छ । समूहमा डेनमार्क र ट्युनिसिया रहेका छन् । 

फ्रान्सको टोली
गोलरक्षकः ह्युगो लोरिस, अल्फोन्स आरिओला, स्टिभ मान्डान्डा

रक्षकः लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान

मिडफिल्डरः एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबिओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु

स्ट्राइकरः करिम बेन्जेमा, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभिएर जिरुड, एन्टोइन ग्रिजमन, केलियन एमबाप्पे, क्रिस्टोफर एनकुन्कु

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति