मोरङ ३ ‘क’ मा आज उम्मेदवारको मनोनयन दर्ता हुने

विराटनगर, २४ कात्तिक । मोरङ ३ प्रदेशसभा ‘क’ मा आज बिहीबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा आज बिहीबार फेरि उम्मेदवारको मनोनयन दर्ता गरिन लागिएको हो । मनोनयन दर्ता कांग्रेसबाट मात्र हुने छ । यसअघि मनोनयन दर्ता भएर चुनावी प्रचारमा रहेका उम्मेदवारहरुको उम्मेदवारी कायमै रहने छ । 

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्न सकिने छ ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची पनि आज अपरान्ह ४ बजेभित्र प्रकाशित हुने छ । उम्मेदवारको विरोधमा अपरान्ह ४ बजेपछि ५ बजेसम्म सूचना दिन सकिनेछ ।

उम्मेदवारको नामावली शुक्रबार फिर्ता लिन पाइने छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार अपरान्ह ३ बजेसम्म हुने छ। उम्मेदवारलाई कात्तिक २५ गते अपरान्ह चिन्ह दिइने आयोगले जनाएको छ ।  

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति