राष्ट्रपति भण्डारी आइल्याण्डमा

काठमाडौं, २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको रेक्जाभिकमा आयोजना हुने ‘रेक्जाभिक ग्लोबल फोरम– वमन लिडर्स’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी छन् । 

कार्यक्रम रेक्जाभिकमा ८ देखि १० नोभेम्बरसम्म हुनेछ । कार्यक्रमको आयोजना वमन पोलिटिकल लिडर्स (डब्लुपीएल), आइसल्याण्ड सरकार र आइरल्याण्डको संसदले संयुक्तरुपमा आयोजना गरेका हुन् । 

राष्ट्रपतिलाई आइसल्याण्डको विदेश मन्त्रालयका शिष्टाचार महापाल र डेनमार्कस्थित नेपाली दूतावासका उपप्रमुख तीर्थराज अर्यालले स्वागत गरेका थिए । 

राष्ट्रपति भण्डारीले रेक्जाभिक ग्लोबल फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले त्यहाँ डब्ल्यूपीएल ट्रेलब्लेजर अवार्ड २०२२ ग्रहण गर्नेछिन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति