राष्ट्रपति सीद्वारा सेनाको प्रशिक्षण केन्द्र निरीक्षण

बेइजिङ, २३ कात्तिक । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मंगलबार केन्द्रीय सैन्य आयोग (सिएमसी) को संयुक्त अपरेसन कमाण्ड सेन्टरको निरीक्षण गरी कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको मार्गदर्शक सिद्धान्तहरू कार्यान्वयन गर्ने नयाँ सिएमसीको अडान प्रदर्शन गरेका छन् । चीनको सिपिसी र सेनाको प्रशिक्षण र लडाइँ तयारीमा वृद्धिका निम्ति यो महत्त्वपूर्ण मानिएको छ ।

सिपिसी केन्द्रीय समितिका महासचिव, सिएमसीका अध्यक्ष र सिएमसी संयुक्त अपरेसन कमाण्ड सेन्टरका कमाण्डर–इन–चीफसमेत रहेका सीले सम्पूर्ण सेनाले लडाइँ तयारीका लागि आफ्नो सम्पूर्ण शक्ति समर्पित गर्नुपर्ने र आफ्ना सबै काम पूरा गर्नुपर्ने बताए ।

‘लड्ने र जित्ने क्षमता बढाउनु होस्, र नयाँ युगमा प्रभावकारी रूपमा आफ्नो मिसन र कार्यहरू पूरा गर्नुहोस्,’ सीले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति