कस्तो छ आजको मौसम ?

काठमाडौँ, २२ कात्तिक । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने छ ।

बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ ।

राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति