सुरुङमार्ग अवलोकन गर्न पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार धादिङ पुगेर सुरूङ मार्ग निरीक्षण गरेका छन् ।

आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गरिएको नागढुंगा–नौबीसे सुरूङ मार्ग निरीक्षण गर्न ‌ओली धादिङ पुगेका हुन् ।

अहिले धादिङको झ्याप्ले खोलामा उक्त सुरुङ मार्ग करिब एक किलोमिटर निर्माण सकिन लागेको छ ।

आइतबार दिउँसो ओली सुरूङमार्ग अवलोकनमा पुग्दा धादिङ एमालेका उम्मेदवारहरु पनि स्वागतका लागि आएका थिए।

ओलीले यसअघि नै देश सुरूङ युगमा प्रवेश गरेको बताएका थिए। एमालेले मंसिर ४ को चुनावी घोषणा पत्रमा पनि उक्त कुरा लेखेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति