पूर्वपश्चिम राजमार्ग ३ घण्टापछि खुल्यो

काठमाडौं, २० कात्तिक ।  नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हरिवनमा गरेको पूर्वपश्चिम राजमार्गको अवरोध खोलेका छन् ।

माओवादीकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषिमाथि कारबाहीको माग गर्दै उनीहरुले राजमार्ग बन्द गरेका थिए ।

आफूहरुको माग अनुसार घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्रेकाले राजमार्गको अवरोध हटाएको नेकपा माओवादीका कार्यकर्ताले जनाएका छन् ।

सर्लाहीकी बलमाथपि दुई दिनअघि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचारमा प्रयोग भएको गाडी तोडफोड गरेको माओवादीको आरोप छ । पौडेललाई ईलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरे पनि शनिबार पौडेल छुटेका थिए । तर माओवादीले सडक बन्द गरेपछि पौडेललाई प्रहरीले फेरि पक्रेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति