तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने आदेशविरूद्ध निर्वाचन आयोग आज सर्वोच्च जाने

काठमाडौँ, १८ कात्तिक । निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्न आज सर्वोच्च अदालत जाने तयारीमा छ ।

तोसिमाको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै आयोग सर्वोच्च जान लागेको हो ।

आयोगका एक आयुक्तका अनुसार आज सर्वोच्च जाने आयोगको तयारी छ । आयोगले लाभको पदमा रहेको बताउँदै तोसिमाको उम्मेदवारी खारेज गरेको थियो । तर, आयोगको निर्णयविरूद्ध उनी सर्वोच्च पुगेकी थिइन् ।

सर्वोच्चले तोसिमाको उम्मेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी कायम रहेको छ ।

सोही अन्तरिम आदेश खारेजीको माग गर्दै आयोग सर्वोच्च जान लागेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति