लागु औषधसहित एक युवक पक्राउ

लमजुङ, १८ कात्तिक । लमजुङ प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार तनहुँबाट लमजुङतर्फ आएका कास्की जिल्लाको रुपा गाउँपालिका ३ बस्ने वर्ष २५ का आश्वासन जंग शाहीलाई पक्राउ गरेको हो ।

उनलाई जिल्लाको मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेबाट पक्राउ गरिएको हो । उनको साथबाट लागु औषध (ब्राउन सुगर) जस्तो देखिने २२० मिलि ग्राम (०.२२० ग्राम) बरामद गरिएको छ ।

पक्राउ परेका शाहीलाई बिहीबार जिल्ला अदालत लमजुङबाट ६ दिनको म्याद थप अनुमति लिई निज उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति