सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौँ, १७ कात्तिक । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो । बुधबार सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए । सन्दीपको तर्फबाट पनि २ जना कानुन व्यवसायीले बहस गरे ।

प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । मंगलबार सन्दीपको बयान गराइएको थियो ।

बहस सकिएपछि थुनछेक आदेश जारी हुने छ । अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्ने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति