काठमाडौँ, १७ कात्तिक । बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिप नेपाल र भुटान भिड्दै छन् । ढाकामा हुने खेलमा विजयी हुँदै नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा छ । खेल दिउँसो सवा ४ बजे सुरु हुने छ ।
उपाधि जित्ने लक्ष्य सहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो । यस अघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८–० अन्तरले पराजित गरेको थियो ।
डबल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा तीन टोलीको सहभागीता रहेको छ । शीर्ष टोलीले उपाधि जित्ने छ ।
नेपाली टोलीः
गोलकिपरः राधिका ओली, सुजता तामाङ, रुपा धिमाल
रक्षकः सीता रोकाया, दीपा मगर, अञ्जना पुन मगर, अमिता भुल, विपना स्नेही, रेणु लिम्बू, डोल्मा लामा
मिडफिल्डरः सिम्रन राई, पुनम चेम्जोङ, भाजना परियार, सबिता मण्डल, भूमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेबिका नेपाली, मनिषा सेन
स्ट्राइकरः दीपा रोकाया (कप्तान), समीक्षा मगर, वर्षा ओली, सेनु परियार
प्रतिक्रिया