प्रधानमन्त्री देउवा धनगढीमा, निवासमै कार्यकर्तासँग भेट गर्ने

धनगढी, १६ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर दउवा धनगढी पुगेका छन् । आफ्नो निर्वाचन क्षेत्र रहेको डडेल्धुरा जानुअघि बुधबार देउवा धनगढी पुगेका हुन् । धनगढी–४ स्थित आफ्नै निवासमा बसेका उनले यहाँका कार्यकर्तासँग भेटघाट गर्दै छन् ।

कैलाली–५ को प्रदेशसभा (ख) बाट प्रकाश देउवाले उम्मेदवारी दिएका छन् । उनी प्रधानमन्त्री देउवाका भतिजासमेत हुन् । देउवाले बुधबार धनगढीमै बस्ने देउवा बिहीबार आफूले उम्मेदवारी दिएको क्षेत्र डडेल्धुरा जाने छन् । डडेल्धुरामा ४ दिनसम्म उनले चुनावी गतिविधि सञ्चालन गर्ने छन् ।

सरकारी श्रोत प्रयोग नगर्न देउवालाई आयोगको चेतावनी निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जान थालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी श्रोतसाधनको प्रयोग नगर्न निर्वाचन आयोगले चेतावनी दिएको छ । सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जान अनुमति दिएको आयोगले सरकारी श्रोत साधनको प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पत्र पठाएर प्रधानमन्त्री देउवा डडेल्धुरा आउन अनुमति मागेको थियो । तर, आयोगले सरकारी स्रोत साधन प्रयोग गरेर जान नपाइने भन्दै अनुमति दिएको थिएन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति