३० फुटबल खेलाडी प्रारम्भिक प्रशिक्षणमा

काठमाडौँ, १६ कात्तिक । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक प्रवेश कटुवालले ३० खेलाडीलाई पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा बोलाएका छन् ।

१६ नोभेम्बरमा दशरथ रंगशालामा हुने खेलका लागि मंगलबार प्रशिक्षक नियुक्त भएका कटुवालले कप्तान किरण चेम्जोङसहित ३० खेलाडी समावेश गरेका छन् ।

लामो समय फिफाको प्रतिबन्धमा रहेको पाकिस्तानले नेपालविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दै छ । त्यसका लागि पाकिस्तानले खुला छनोटबाट टिम तयार गरेर बन्द प्रशिक्षणमा छ ।

३० सदस्यीय नेपाली टिमः
किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ, विकाश खवास, विकाश तामाङ, सेसेहाङ आङ्देम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभाष लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रन्जित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ, सुरज जेउ ठकुरी, सुजल श्रेष्ठ, एरिक विष्ट, विमल घर्ती मगर, अञ्जन विष्ट, मनिष डाँगी, सुनील बल, आषिश चौधरी, रितिक खड्का, आयुष घलान, संजोग राई, निशान खड्का ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति