आचारणविपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षक निलम्बन

काठमाडौँ, १५ कात्तिक । आचारणविपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षकहरूलाई निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर मगरलाई निलम्बन गरिएको हो ।

सशस्त्र प्रहरी नायब निरीक्षक सुवेदीले यही ४ कात्तिकमा निर्वाचन सुरक्षाबेश स्थापनाका लागि सशस्त्र प्रहरी कर्मचारीहरू पुर्‍याइ कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगेको थियो ।

त्यस्तै, गत असोज २० गते भारतीय भूमिमा मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेशविपरीत कार्य गरेको देखिएकाले सशस्त्र प्रहरी नायब निरीक्षक मगरलाई पनि निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति