काठमाडौँबाट १८ जुवाडे पक्राउ

काठमाडौँ, १२ कात्तिक । काठमाडौँको नागार्जुन नगरपालिका–७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्टभित्र जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही नगरपालिका–८ बस्ने ३१ वर्षीय सुरेन्द्र विष्टसहित १८ जना रहेका छन् ।

उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ८२ हजारसहित १५ बुक तास र १६ थान कौडासहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गएराति भएको उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति