बेलायती सभामुख र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

लन्डन, ९ कात्तिक । बेलायत भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त अधिराज्य (यूके)का हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलसँग बेलायती संसद भवनमा भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरु विशेषगरी दुई देशका संसद भ्रमण तथा अनुभव आदानप्रदान र भूपू गोर्खासम्बन्धी विषयमा विचार आदानप्रदान भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल सहभागी थिए ।

यसै सिलसिलामा अध्यक्ष तिमिल्सिना २४ अक्टोबर २०२२ मा बेलायतको संसदमा रहेको बेलायत-नेपाल मैत्री समूहका अध्यक्ष वीरेन्द्र शर्माले आयोजना गरेको दिवाभोजमा सहभागी भए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति