जन्तेढुंगा गाउँपालिकाका पूर्वअध्यक्ष राईको निधन

काठमाडौँ, ७ कात्तिक । सडक दुर्घटनामा गम्भीर घाइते भएका जन्तेढुंगा गाउँपालिकाका पूर्वअध्यक्ष शंकरबहादुर राईको निधन भएको छ ।

मोटरसाइकलको पछाडि बसेर इटहरीबाट विराटनगरतर्फ जाने क्रममा गत २ भदौमा हलगडा चोकमा पछाडिबाट आएको बा२क ५३२५ नम्बरको माइक्रो भ्यानले ठक्कर दिँदा गम्भीर घाइते भएका राईको सोमबार निधन भएको हो ।

उनी एमाले खोटाङका सचिवालय सदस्य पनि हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति