संविधानको प्रत्येक शब्दमा जनताको रगत बगेको छ : मन्त्री पौडेल

बागलुङ, ७ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सविधानमा उल्लेख भएका प्रत्येक शब्दमा जनताको बलिदान भएको बताएका छन् । बडिगाड गाउँपालिकामा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र जनताको बलिदान भएको बताएका हुन् ।

केपी ओली आफ्नै दलभित्र अल्पमत परेपछि दुई-दुई पटक संसद विघटन गरी संविधानले दिएको अधिकारभन्दा विपरीत गएर काम गरेकाले गठबन्धन बनाएको बताए ।

“शान्ति प्रक्रियामा होस् या, शान्तिपक्रिया पछि ल्याएको प्रणालीलाई संरक्षण गर्न लोकतान्त्रिक पक्षधर एक ढिक्का भएका हौँ,” उनले भने, “यो गठबन्धनलाई टुर्क्याउन षड्यन्त्रकारी लागिपरिरहेका छन् ।” यसअघिको सरकारले विदेशी कुटनीतिक क्षेत्र बिगारेको भन्दै गठबन्धनको सरकारले त्यसलाई सुधार गर्दै अर्थ प्रणालीलाई थप मजबुद बनाउने काममा लागि परेको जानकारी दिए ।

“प्रतिगमन र आर्थिक उन्नतीका लागि गठबन्धनलाई सँगै लैजानुपर्ने छ,” उनले भने, “सरकार बनाउनभन्दा प्रणाली बचाउन गठबन्धन भएको हो ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति