टेलिकमको चाडपर्व लक्षित अफर आजदेखि : कुन सुविधा कति रुपैयाँमा लिने ?

काठमाडौँ, ६ कात्तिक । नेपाल टेलिकमले तिहार, छठ तथा म्हपूजाका अवसरमा आजदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।

टेलिकमले कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने गरी सो अफर सार्वजनिक गरेको हो । डाटा प्याकअन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुने छ ।

त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुने छ । यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिन्छ । यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ ।

२०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुने छ ।

यसैगरी, पहिलो पटक भोल्टी सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निःशुल्क भ्वाइस ओभर एलटिई सेवा पनि उपलब्ध गराइएको छ ।

उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले  *1415#  डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ । कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति