पूर्वसांसद मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा निधन

चितवन, ६ कात्तिक । समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ । मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षकसमेत रहेकी श्रेष्ठको गएराति १ः१० बजेको समयमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो ।

उनको जम्न विस १९८७ असोजको फूलपातीका दिन तनहुँको वन्दिपुरमा भएको थियो ।

मैयादेवी श्रेष्ठको संक्षिप्त जीवनी
वीरगञ्जमा डिठ्ठा रहेका बुबा विरवहादुर श्रेष्ठको निधनपछि सानै उमेरवाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्किइन् ।

नारायणगढमा हाल सञ्चालनमा रहेको वालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान, दार्जलिङदेखि शिक्षक बोलाएर पठन पाठन सुरु गराइन् । अहिले यो स्कुलमा कक्षा १२ सम्मको पढाइ हुन्छ

भरतपुरमा मैयादेवी कन्या कलेज स्थापनाका लागि करोडौ रुपैयाँ खर्च । सामुदायको ब्यवस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा अहिले पनि कक्षा ११ देखि स्नाकोत्तर सम्मको पढाइ हुन्छ ।

२०४८ सालमा गोरखावाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद

काग्रेसको केन्द्रीय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान

चितवन कांग्रेसका लागि नारायणगढको मुटुमै भवन दान

गोरखामा पार्टी कार्यालय बनाउनकै लागि २० लाख रुपैयाँ दान

नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान

प्रजातन्त्रवादी पत्रकारहरुको सस्था प्रेस युनियन चितवनको भवन बनाउनका लागि पनि जग्गा दान

पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, महेश सन्यास आश्रमदेवघाटलाई, पतञ्जली योग समिति नारायणगढमा, नेवा पुःचलाई नारायणगढ लगायतलाई जग्गा दान

बचेको सम्पत्ती उनकै नाममा ट्रष्ट बनाएर राखिने गरी दान

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति