रुसले पूर्वी खेर्सनमा जलविद्युत् बाँध ध्वस्तको योजना बनायो : किभ

एजेन्सी, ६ कात्तिक । किभले रुसले पूर्वी खेरसन क्षेत्रमा जलविद्युत् बाँध ध्वस्त गर्ने योजना बनाएको आरोप लगाएको छ । उक्त क्षेत्रमा युक्रेनी सैनिकहरू निरन्तर अगाडि बढिरहेका छन् भने मस्को–स्थापित अधिकारीहरूले खाली गर्न थालेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले काखोभका जलविद्युत् आयोजनालाई बिस्फोट गराउने उद्देश्यले खनन गरेको बताएका छन् । युरोपेली नेताहरूलाई बिहीबार एक भाषणमा जेलेन्स्कीले बाँध ध्वस्त भएमा तल्लो डिनिप्रो नदी वरपरका लाखौँ मानिसहरू द्रुत बाढीको खतरामा हुने चेतावनी दिए ।

उनले भने कि दक्षिणमा पानीको आपूर्ति कटौतीले युरोपको सबैभन्दा ठुलो जापोरिझिया आणविक उर्जा केन्द्रको चिस्यान प्रणालीलाई पनि असर गर्न सक्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति