गठबन्धनको चुनावी अभियान : देउवा, प्रचण्ड र माधव नेपालले आज पोखरामा सम्बोधन गर्ने

काठमाडौँ, ४ कात्तिक । सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले चुनावी अभियान तीव्र पारेका छन् ।

यसअघि काठमाडौँ–२ र ललितपुरमा संयुक्त चुनावी अभियान गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता आज शुक्रबार पोखरा जाँदै छन् ।

प्रशिक्षण कार्यक्रम भनिएको भेलामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । देउवा बिहीबार नै पोखरा पुगिसकेका छन् ।

शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिने छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति