पोखरा, ४ असोज । विभागिय टीम त्रिभुवन आर्मी क्लबले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।
१७२ स्वर्ण पदकसहित आर्मीले उपाधि कब्जा गरेको हो । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । आर्मीले थप १०९ रजत र ८९ कास्य पदकसहित ३७० पदक जितेको हो । सातौँ र आठौँ संस्करणको उपाधि पनि आर्मीले नै जितेको हो ।
६५ स्वर्ण, ७३ रजत र ८१ कास्यसहित २१८ पदक जितेको सशस्त्र प्रहरी बलको एपिएफ क्लब दोश्रो भएको छ । ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य पदकसहित १९५ पदक जितेर नेपाल पुलिस क्लब तेश्रो भएको छ ।
घरेलु मैदानमा गण्डकी प्रदेश चौथो भयो । प्रदेशहरुमध्ये गण्डकी पहिलो बनेको छ । गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्यसहित १२० पदक जितेको हो । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदकसहित १४५ पदक हात पारेर पाँचौँ स्थानमा रह्यो ।
प्रदेश १ ले १० स्वर्णसहित ८३, सुदूरपश्चिमले १० स्वर्णसहित ६३, एनआरएनएले पनि १० स्वर्णसहित २६ पदक पाएको छ । लुम्बिनी प्रदेशले ६ स्वर्णसहित ६८, मधेस प्रदेशले ५ स्वर्णसहित ३९ र कर्णाली प्रदेशले २ स्वर्णसहित १८ पदक पाएको छ ।
सुरुमा ४०४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भनिएकोमा प्याराग्लाइडिङ, पौडी र आर्चरीमा २÷२ स्वर्ण पदक र स्क्वास र सफ टेनिसमा एक÷एक स्वर्ण पदकको खेल स्थगित भएको थियो । ३६ खेलका ३९६ इभेण्ट मात्रै पूरा भएका छन् । खेलहरु गण्डकी प्रदेशका ८ जिल्लामा सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया