पहाडी क्षेत्रमा पश्चिमी वायुको प्रभाव, वर्षाको सम्भावना कति ?

काठमाडौँ, २ कात्तिक। मनसुन बाहिरिएसँगै मुलुकका पश्चिमी पहाडी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव परेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका थोरै स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ । 

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति