आसन्न चुनावका लागि एक करोड ७९ लाख ८८ हजार मतदाता (सूचीसहित)

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका मतदाताको अन्तिम नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगकाअनुसार यसपटकको निर्वाचनमा देशभर कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् ।

यीमध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य छन् ।

देशभर प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र रहेका छन् भने पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत नै प्रदेशसभातर्फ प्रदेश नं. १ मा ५६, मधेश प्रदेशमा ६४, वाग्मती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति