घोषणापत्रलाई अन्तिम रुप दिन बालकोटमा एमालेको ‘कोर टिम’को बैठक

काठमाडौं (नेकपा एमालेको घोषणा पत्रलाई अन्तिम रुप दिन अध्यक्ष केपी शर्मा ओलीको ‘कोर टिम’ अहिले बैठकमा जुटेको छ ।

अध्यक्ष ओली निवास बालकोटमा महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहितका नेताहरु छलफलमा जुटेका छन् ।

बिहानदेखि नै छलफलमा जुटेका नेताहरुले घोषणा पत्रमा उल्लेख गर्ने विषयवस्तुहरुलाई अन्तिम रुप दिइरहेको एक नेताले जानकारी दिए ।

हिजो ललितपुरको लाँकुरी भञ्ज्याङमा रहेको एक होटलमा नै छलफल गरेर घोषणा पत्र टुंग्याउने भने पनि नसकिएकोले आज विहानैदेखि नेताहरु छलफलमा जुटेका हुन् ।

आज साँझसम्ममा घोषणा पत्रलाई अन्तिम रुप दिएर भोली वा पर्सी सम्ममा सार्वजनिक गरिने एमाले स्रोतले जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति