निर्वाचन आचारसंहित उल्लंघन गर्दै मन्त्री चौधरीद्वारा राहत वितरण 

दाङ, ३० असोज । निर्वाचन आचारसंहित उल्लंघन गर्दै सहरी विकासमन्त्री मेटमणि चौधरीले राहत सामाग्री वितरण गरेका छन् । 

उनले शनिबार दाङको देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सामाग्री वितरण गरेका हुन् । 

डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएको मन्त्री चौधरीले बताए ।  

‘यो २०१८ साल पछिकै ठुलो बाढी हो । यसले निकै ठुलो क्षति पुर्याएको छ । थोरै भएपनि जनतालाई सहायोग होस् भन्ने चाहेको छु । यो पालिका प्रमुखमार्फत् एकद्वार प्रणालीबाट वितरण हुने छ,’ मन्त्री चौधरीले भने ।  

दुःखमा परेका जनताले राज्य र स्थानीय सरकारको महसुस गर्नुपर्ने जनाउँदै सहरीमन्त्री चौधरीले क्षतिको विवरण संकलनलगत्तै स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्याप्त राहत उपलब्ध गराइने पनि बताए । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति