कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुने छ ।

सो बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनसहित गठबन्धनका उम्मेदवारीमा देखा परेका समस्यालगायतमा छलफल हुने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति