सन्दीपलाई थप पाँच दिन थुनामा राख्न अदालतकाे अनुमति, १ कात्तिकमा मुद्दा दर्ता हुने

काठमाडौं, २७ असोज । बलात्कार अभियोगमा हाल न्यायिक हिरासतमा रहेका सन्दीप लामिछानेविरुद्ध १ कात्तिकमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला अदालतले थुनामा राख्न दोस्रोपटक पाँच दिनको म्याद थप गरेको छ । यसअघि उनलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।

बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सूर्यबहादुर थापाको बेञ्चले पाँच दिन म्याद थप गरेको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

२० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । म्याद थप भएको पाँच दिनभित्र बयान सकाएर १ कात्तिकमा मुद्दा दर्ता गर्ने तयारीमा प्रहरी रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति