काठमाडौँ, २७ असोज । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोधेको छ ।
आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरी आचारसंहिताको उल्लंघन भएको भन्दै सात दिनभित्र जबाफ दिन आयोगले भनेको हो ।
आयोगले प्रचण्डलाई पठाएको पत्रमा भनिएको छ, “यहाँको मनोनयनमा बाजागाजा प्रयोग गरेको हो भने यहाँलाई आचारसंहिता २०७९ को दफा १३ को उपदफा (१)को खण्ड ‘ण’ उल्लंघनमा कारबाही किन नगर्ने ?”
आयोगले श्रव्यदृष्य सामग्रीका आधारमा प्रचण्डलाई स्पष्टीकरण सोधेको हो ।
मनोनयन दर्ताका लागि पञ्चेबाजासहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
प्रतिक्रिया