प्रभु साहको चुनाव चिन्ह चापाकल

काठमाडौँ, २७ असोज । नेकपा (एमाले)ले टिकट दिए पनि रौतहट–३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले चापाकल (पानी तान्ने कल) चुनाव चिन्ह पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार साहलाई चापाकल चिन्ह दिएको हो ।

रौतहट–३ मा साहले एमालेको टिकट पाएका थिए । अन्तिम समयसम्म त्यो टिकट होल्ड गरेर साहले स्वतन्त्र उम्मेदवारी दिँदा त्यहाँ एमालेले मनोनयन दर्ता गर्नै पाएन । जसपाबाट एमाले प्रवेश गरेका नेताहरूलाई टिकट दिने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले पालना नगरेकाले साहले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

गत निर्वाचनमा उनी नेकपा (माओवादी केन्द्र)बाट यही क्षेत्रमा निर्वाचित भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति