काठमाडौँ, २६ असोज । निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिन्ह वितरण गर्दै छ । उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका हरेक उम्मेदवारलाई दलका निर्धारण गरिएको चुनाव चिन्ह निर्वाचन अधिकृतले प्रदान गर्ने छन् ।
चुनाव चिन्ह प्रदान गरिसकेपछि उम्मेदवारे दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा प्रदान गरिएको चुनाव चिन्ह परिवर्तन हुने छैन । चुनाव चिन्ह प्रदान गर्नुअघि आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
दलका उम्मेदवारले दलकै निर्वाचन चिन्ह पाउने भए पनि स्वतन्त्रले भने आयोगले तोकेको मध्येबाट निर्वाचन चिन्ह छान्नुपर्ने छ । एउटै चिन्हमा दुई उम्मेदवारको दाबी भएमा नेपाली वर्णानुक्रमका आधारमा प्राथमिकता दिइने छ ।

प्रतिक्रिया