सांग्रिला डेभलपमेन्ट बैंकले ५० हजार कित्ता सेयर बिक्री गर्ने

काठमाडौँ, २६ असोज । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो ।

यसअघि प्रचलित कानुनबमोजिम उक्त सेयर संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो । तर, बैंकले दिएको ३५ दिनको अवधिमा संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन परेन । अब उक्त सेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन् । यसका लागि बैंकले १५ दिनको समय दिएको छ ।

यो अवधिमा इच्छुक व्यक्ति तथा संस्थाले आवश्यक कागज प्रमाण संलग्न गरी काठमाडौँको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्ने छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति