प्रचण्ड र बाबुराम सम्वन्ध ‘खीर खाएजस्तो’ : बाबुराम (फोटो फिचरसहित)

काटमाडौं २४ असोज । माओवादी अधयक्ष प्रचण्डले गोरखा २ बाट उमेद्वारी दर्ता गरेपछि सबैभन्दा बढी खुशी डा. बाबुराम भट्टराई देखिएका छन् । भट्टराईल्े उमेद्वारी दर्ता गर्न हिंडदेखि अहिले विहान सम्म पटक पटक ट्विट गर्दै खुशी व्यक्त गरिरहेका छन् ।
पछिल्लो ट्विटमा भट्टराईले प्रचण्ड र आफूबीचको सम्वन्ध खीर खाएजस्तै सजिलो भनेर अथ्र्याएका छन् ।
उनी लेख्छन् प्रचण्ड र बाबुरामको एकता र संघर्षको सम्बन्धको अन्तर्य बुझ्न धेरैलाई कठीन हुनु स्वाभाविक छ।तर जीवन र जगतकोUnity of Opposites र Unity-Struggle-Transformationको नियम बुझ्नेलाई यो खीर खाए जत्तिकै सजिलो छ-जनयुद्ध त्यही सम्बन्धबाट सफल भएको थियोसअबको सम्बृद्धि-अभियान त्यसैबाट सफल हुन्छ ।

त्यसो त आइतवारको देशभर उमेद्वारी दर्तामा सवैभन्दा बढी माहोलपूर्ण उम्मेदवारी दर्ता प्रचण्डकै देखिएको थियो । सोमबारका प्रमुख दैनिकका समाचार कभरेजमा पनि प्रचण्डकै उमेद्वारी बारे बढी केन्द्रित देखिएका छन् ।

https://fb.watch/g3ktwkTYNk/

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति