माओवादीमा पोलिटव्युरो सदस्य नै वागी !

काठमाडौं २४ असोज । नेकपा माओवादी केन्द्रमा काठमाडौंको गठबन्धनभित्र सिट वांडफांट चित्त बुझ्दो नभएको भन्दै काठमाडौं क्षेत्र १० मा पोलिटव्युरो सदस्य अन्जना विसशंखेले गठबन्धन विरुद्ध उमेदवारी दिएकी छन् । त्यहांका २ वटा प्रदेश सभामा पनि विशंखेको समूहले उमेद्वारी दिएको छ । गठबन्धनको सिट बांडफांट हुंदा माओवादीको भागमा प्रदेशको क्षेत्र ख माओवादीलाई परेको थियो ।
कास्कीमा पनि माओवादी केन्द्रकी अनिता भुर्तेलले कास्की ३ को प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आइतबार दिउँसो उम्मेदवारी दर्ता गराएकी हुन् । कास्की ३ मा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामजीप्रसाद बराल उम्मेदवार छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति