मनाङमा पूर्वमन्त्री टेकबहादुर गुरुङले गरे मनोनयन दर्ता

लमजुङ, २३ असोज । मनाङमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन् । उनले कांग्रेस मनाङका नेता तथा कार्यकर्ताहरूसँगै गएर मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ताका क्रममा मनाङभरका कांग्रेसका नेता तथा कार्यकर्ताको भीड थियो । उनले मनोनयन दर्ता गर्दै आफूले जिल्लाका लागि काम गर्दै आएको र आगामी दिनमा पनि जिल्लाको समग्र विकासको निम्ति काम गर्ने प्रतिबद्धता जनाए । उनले निर्वाचनमा सहयोग गर्न अपिलसमेत गरेका छन् ।

प्रदेश सभा ‘क’ मा मुनेन्द्र गुरुङले पनि मनोनयन दर्ता गराएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति