बाबुराम र नारायणकाजीलाई दायाँबायाँ राखेर प्रचण्डको गोरखा–२ मनोनयन दर्ता

काठमाडौं २३ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा–२ बाट मनोनयन दर्ता गरेका छन्।

दलबलसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दाहालले गठबन्धनको साझा उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएका हुन्।

उनको साथमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र माओवादीकै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ साथमा थिए।

डा. भट्टराईले यसपटकको निर्वाचनमा सहभागी नहुने भएसँगै अध्यक्ष दाहालले गोरखा–२ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन्।

मनोनयन दर्ता गर्न जाने क्रममा प्रचण्ड लगायतकाका शीर्ष नेताहरूलाई गोरखामा भब्य स्वागत गरिएको थियो।

गत निर्वाचनमा गोरखा–२ बाट डा. भट्टराईले निर्वाचत जित्दा नारायणकाजी श्रेष्ठ पराजित भएका थिए।गठबन्धनबाट गोरखा क्षेत्र नं.१ मा नेकाका राजेन्द्र बजगाईंले उमेदवारी दर्ता गरेका छन् । एमालेका तर्फबाट क्षेत्र १ मा रामशरण बस्नेत र प्रचण्डको क्षेत्रमा अव्दुस मियाको उमेदवारी परेको छ । गोरखामा एमाले तुलनात्मक रुपमा कमजोर छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति