दाङ–१ मा एमालेले कांग्रेसको शेखर कोइराला समूहका पोखरेललाई सघाउने, शान्ता चौधरी ब्याक

दाङ । दाङ क्षेत्र नम्बर १ मा एमालेले नेपाली कांग्रेसको शेखर कोइराला समूहका डा. गोविन्दराज पोखरेललाई सघाउने भएको छ ।

कांग्रेस भित्रको विद्रोही समूहसँग चुनावी तालमेल भएकाले शेखर समूहका पोखरेललाई दाङ क्षेत्र नम्बर १ मा सघाउने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनी स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गर्नेछन् ।

यस क्षेत्रमा एमालेले शान्ता चौधरीलाई टिकट दिएको थियो । कांग्रेस केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्व अध्यक्ष पोखरेल प्युठानबाट यसअघि जनमोर्चाकी दुर्गा पौडेलसँग चुनाव लडेका थिए ।

उनी यसपटक पनि उम्मेदवार बन्न चाहँदा पार्टीले दिएन ।

गिलासमा भोट नमाग्ने घोषणा गरिसकेका पोखरेल यसबीचमा एमालेसँग संवादमा थिए । प्युठानमा सुर्य थापालाई गोविन्द पोखरेल समूहले समर्थन गर्नेगरी दाङ १ मा उनलाई एमालेले समर्थन गरेको हो ।
सो क्षेत्रमा प्युठानबाट झरेका मतदाताहरु निर्णायक छन् ।

गठबन्धनबाट नेकपा एसका मेटमणी चौधरी उम्मेदवार छन् । पोखरेललाई एमालेले समर्थन गरेसँगै दाङ १ र २ नम्बर क्षेत्रमा शेखर गगन समूले एमालेलाई मत दिने आन्तरिक समझदारी भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति